
काठमाडौं, २६ असार । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा सामान्य गिरावट भएको छ ।
यसदिन छापावाल सुनको भाउ स्थिर रहेर कारोबार भईरहेको छ भने चाँदीमा रुपैयाँ १५ ले गिरावट भई कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनको भाउ स्थिर रहेर तोलाको १ लाख ४४ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार पनि छापावाल सुन तोलाको १ लाख ४४ हजार १ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख ४३ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार पनि तेजाबी सुन तोलाको १ लाख ४३ हजार ४ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा आज रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ८ सय ७० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




