
पोखरा, ५ पुस । संसद् विघटनको प्रस्तावपछि पोखरामा विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन्।
बगरस्थित पृथ्वीनारायण क्याम्पस अगाडि विद्यार्थीको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
अनेरास्ववियु, अखिल क्रान्तिकारी र जनता समाजवादी पार्टी समर्थित विद्यार्थी संगठनआवद्ध आक्रोशित विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाउनुका साथै टायर बालेर विरोध प्रदर्शन गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावले लोकतन्त्रको हरण र संविधानको धज्जी उडाएको भन्दै उनीहरुले पोखराको मुख्यबजार महेन्द्रपुलमा समेत विरोध प्रदर्शन गर्ने तयारी गरेका छन् ।
संसद विघटनको प्रस्ताव तत्काल फिर्ता नलिए देशभर आन्दोलनको राँको बल्ने भन्दै विद्यार्थीले चेतावनी दिएका छन् । जनताले लडेर ल्याएको लोकतन्त्र र संविधान प्रधानमन्त्री ओलीले प्रहार गरेकोे भन्दै आफूहरु आन्दोलनमा उत्रिएको अनेरास्ववियु पृथ्वीनारायण क्याम्पसका कावा अध्यक्ष सन्तोष न्यौपानेले बताए ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



