शुक्रबार अमेरिकी डलर र यूरोको भाउ बढ्यो

-



     सफल आवाज    
     असार २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ असार । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै युरोको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ४० पैसा र बिक्रिदर १ सय ३४ रुपै रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ४० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय ७१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ५० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ४८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ४९ रुपैयाँ २२ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ५० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९८ रुपैयाँ २७ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ बिक्रीदर ९९ रुपैयाँ ४४ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः