
काठमाडौं, २९ असार। त्रिभुवन विश्वविद्यालयले शैक्षिक सत्र २०८१ को शैक्षिक क्यालेन्डर स्वीकृत गरेको छ । यही असार २५ गते बसेको त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक शैक्षिक क्यालेन्डर स्वीकृत गरेको हो ।
त्रिवि शिक्षाध्यक्षको कार्यालयले उक्त शैक्षिक क्यालेन्डर लागू गर्न मातहतका निकायहरूलाई निर्देशन दिएको समेत दिइसकेकाे छ । त्रिवि अन्तर्गतका अध्ययन संस्थान, संकाय, आङ्गिक क्याम्पस, केन्द्रीय विभागहरू तथा कार्यक्रम लगायतका निकायहरूलाई शैक्षिक क्यालेन्डर लागू निर्देशन दिएको बताइएकाे छ।
त्रिविले स्नातक तह र स्नातकोत्तर तहको वार्षिक प्रणाली तथा सेमिस्टर प्रणाली अनुसारको क्यालेन्डर बनाएको छ। स्नातक तह सेमिस्टर प्रणाली अन्तर्गत पहिलो सेमेस्टरका लागि २०८१ साउन दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म आवेदन आह्वान हुनेछ भने भदौको तेस्रो हप्ता प्रवेश परीक्षा हुनेछ ।असोजदेखि कात्तिकको बीचमा विद्यार्थी भर्ना गरिनेछ ।
मङ्सिरको पहिलो हप्तादेखि कक्षा सञ्चालन हुनेछन् । माघको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछ । २०८२ वैशाख चौथो हप्तामा पहिलो सेमिस्टरको नतिजा प्रकाशित गर्ने गरी शैक्षिक क्यालेन्डर बनाएको त्रिभुवन विश्वविद्यालयले जनाएकाे छ ।
स्नातककोत्तर तहको हकमा प्रथम सेमेस्टरका लागि २०८१ को मङ्सिरमा आवेदन फारम खुल्नेछ भने पुसमा प्रवेश परीक्षा र भर्ना हुनेछ । माघ १ गतेदेखि कक्षा सञ्चालन हुनेछ । चैतको चौथो हप्तादेखि परीक्षा सञ्चालन हुनेछन् भने २०८२ असार चौथो हप्ताभित्रमा नतिजा प्रकाशित हुने बताइएकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




