
काठमाडौं, १ साउन । आँखुखोला जलविद्युत कम्पनीको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ। कम्पनीले हकप्रद सेयर निष्काशनका् प्रयोजनका लागि बुकक्लोज गरेपछि नेप्सेमा सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य निर्धारण गरिएकाे हाे ।
नेप्सेका अनुसार आज कम्पनीको १५० प्रतिशत हकप्रद सेयर समायोजन भएकाे हाे । समायोजनपछि नयाँ सेयरमूल्य रु १४८ कायम भएको छ।
याे मूल्य अघिल्लो कारोबार भएकाे दिनको अन्तिम मूल्यका आधारमा गरिएकाे हाे । अघिल्लो दिन सोमबार कम्पनीको सेयर प्रतिकित्ता रुपैयाँ २२० मा अन्तिम कारोबार भएको थियो।
कम्पनीले जनाए अनुसार प्रतिकित्ता रुपैयाँ १०० अंकित दरमा १ अर्ब २० करोड रुपैयाँबराबरको १ करोड २० लाख कित्ता हकप्रद खुलाइने भएकाे छ। सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।






पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका…
पोखरा, ९ मङ्सिर । पोखरामा देखिएको रगतको अभावलाई कम गर्ने उद्देश्यले आयोजित आकस्मिक रक्तदान कार्यक्रममा…
काठमाडौं, ९ मङ्सिर। हिमताल विस्फोटजन्य बाढी (जिएलओएफ) को जोखिममा रहेका जलवायु परिवर्तनबाट प्रभावित हिमाली समुदायको…
काठमाडौँ, ९ मङ्सिर। नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले… 



