काठमाडौं, १ साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा उछाल आएको छ । देशले नयाँ अर्थमन्त्रीमा विष्णु पौडेललाई पाए लगत्तै सेयर बजारमा सकारात्मक लय देखिन थालेको छ । अर्थमन्त्री पौडेल सेयर बजारमैत्री ब्यक्तित्व भएकोले पनि लगानीकर्ताहरुको मनोबल बढेको बुझिएकाे छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७०.१८ अंकले बढेको छ । यसरी बढेको नेप्से २३१० विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.१३ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १२.३३ अंकले बढेर ४०९.५१ विन्दुमा उक्लिएको छ ।
१३ उपसमूहहरुमध्ये एउटामा मात्रै रातो लागेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरुमा हरियो लागेको छ । कुल ३१५ कम्पनीहरुको सेयर खरिदबिक्री भएको छ ।
उनीहरुको २ करोड ५७ लाख ८७ हजार १३१ कित्ता सेयरको खरिदबिक्रीबाट ९ अर्ब ११ करोड ४४ लाख १ हजार ५५२ रुपैयाँ ६१ पैसा बराबरको कारोबार भएको छ ।
रोबारको आधारमा सबैभन्दा बढी न्याग्दी ग्रुप पावर लिमिटेडको कारोबार भएको छ । कम्पनीको २१ करोड ७७ लाख ४९ हजार ११७ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै सिन्धु विकास बैंक लिमिटेडको सेयरमूल्य बढेको छ । बैंकको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै १० प्रतिशत नेपाल इन्भेष्टमेन्ट डिबेन्चर २०८२ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




