
काठमाडौं, २ साउन । सुनको भाउ दिनिदिनै आकासिएको छ । आज आकासिएको भाउ अहिले सम्मकै उच्च भाउ हो ।
साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदीको भाउ बढेर साढे १ लाख निजक पुगेको हाे ।
छापावाल सुनमा रुपैयाँ २ हजारले बढेको छ । चाँदीमा रुपैयाँ २० ले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको भाउ पनि तोलामा रुपैयाँ २ हजारले बढेर तोलाको १ लाख ४९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख ४७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबकार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




