बिहिबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण ३ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहिबकारका लागि छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ३५ ले घटेको जानकारी गराएको छ ।

छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ४९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल तोलाको १ लाख ४९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ४९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ३५ ले घटेर तोलाको १ हजार ८ सय ६० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।