नेशनल लघुवित्तले एफपीओ निष्कासन गर्ने

-



     सफल आवाज    
     श्रावण ३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३ साउन । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्ने भएकाे छ । संस्थाको संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात ७० प्रतिशत र ३० प्रतिशत कायम गर्न आर्थिक वर्ष २०७९-८० को वोनस शेयर वितरण पश्चात् कायम हुने संस्थापक र सर्वसाधारणको शेयर पुँजीको अनुपात मिलान गर्दा नपुग भएको शेयर जारी गर्न लागेकाे हाे ।

सर्वसाधारण तर्फको जम्मा ६,६९,९००.२७ कित्ता साधारण शेयर थप सार्वजनिक निष्काशनको माध्यमबाट शेयर जारी गर्न आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त समेत गरेको छ ।

सो सम्झौतापत्रमा नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादव र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।