मौद्रिक नीति भाेलि शुक्रबार सार्वजनिक गर्ने राष्ट्र बैंककाे तयारी

-



     सफल आवाज    
     श्रावण ३ गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३ साउन । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति भाेलि शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । मौद्रिक नीति सार्वजनिक गर्न आवश्यक सबै तयारी पूरा भइसकेको राष्ट्र बैंक स्रोतले बताएको छ । 

राष्ट्र बैंककाे आर्थिक अनुसन्धान विभागले अन्तर विभागीय छलफल तथा बाह्य छलफलहरुबाट आएका सुझावहरूकाे वृहत अध्ययन गरी मौद्रिक नीतिको मस्यौदा तयार गरिसकेको बताइएकाे छ ।

नेपाल राष्ट्र बैंकले प्रत्येक आर्थिक वर्षको साउन १५ गतेभित्र मौद्रिक नीति ल्याउने गरेकाे छ । यसपटक अर्थमन्त्री पाेडेल र गभर्नर अधिकारी बीच सहज रूपमा निरन्तर छलफल भएकाेले पनि भाेलि नै सार्वजनिक हुने सम्भावना बढेको हो ।  

अर्थमन्त्री पौडेलले कार्यभार सम्हाल्दै गर्दा समेत आफ्नो र गभर्नरको सहकार्य हुने बताएका थिए । यसपटकको मौद्रिक नीति लचिलाे आउने र सुस्ताएकाे अर्थतन्त्रलाई गति दिने किसिमको नीतिगत व्यवस्था हुने बुझिएको छ ।