
काठमाडौं, ४ साउन । नेपाल राष्ट्र बैंकले आज बिहिबार सार्वजनिक गर्ने भनिएकाे मौद्रिक नीति एक्कासी राेकिएकाे छ। सार्वजनिक गर्ने समपुर्ण तयारी गरिएको भनिएपनि विशेष छलफलकाे कारण भन्दै राेकिएकाे हाे।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेलसँग छलफल गरेर आज मौद्रिक नीति सार्वजनिक गर्ने तयारी गरेका थिए । यसैका लागि बिहान बोर्ड बैठक पनि डाकिएकाे थियाे।
बोर्डमा माैद्रिक नीतिका बारेमा थप छलफल गर्नका लागि समय लाग्ने चाहिएकाे बताइए पनि डा. युवराज खतिवडा प्रधानमन्त्री केपि शर्मा ओलीका आर्थिक सल्लाहकारमा नियुक्त भएकाे र उनले मौद्रिक नीतिका बारेमा जानकारी लिन चासाे देखाएपछि राेकिएकाे हाे । नीति कहिले सार्वजिनक गरिने हाे अब राष्ट्र बैंकले पुन: सूचना गरेपछि मात्र थाहा हुने बताइएकाे छ ।
यसपटक राष्ट्र बैंकले लचिलो मौद्रिक नीति ल्याउने अपेक्षा गरिएकाे छ । यही अपेक्षाका कारण सेयर बजारका लगानीकर्ताहरु निकै आशावादी र सक्रिय भइरहेका छन् । उसाे त सेयर बजार अर्थमन्त्रीमा विष्णु पाैडेलकाे पदार्पण भएपछि बुलिसकाे चरणमा रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




