मुलुकको अग्रगमन सरकारको उच्च प्राथमिकतामा रहेकाे छ : प्रधानमन्त्री ओली

-



     सफल आवाज    
     श्रावण ४ गते २०८१ मा प्रकाशित


काठमाडौँ, ४ साउन : प्रम ओली प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार नेपाल कम्युनिष्ट पार्टी (एमाले)को केन्द्रीय विभागहरुको कार्यदलले तयार गरेको सुझावपत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा ग्रहण गर्दै । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गर्नुभएको थियोे भने उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गर्नुभएको थियोे । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेका थिए । तस्बिर सौजन्य : प्रधानमन्त्रीको सचिवालय/रासस


काठमाडौँ, ४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने वर्तमान सरकारको अठोटमा सबै दलले रचनात्मक सहयोग पु¥याउन आह्वान गरेका छन । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले तयार गरेको सुझावपत्र आज सिंहदरबारमा ग्रहण गर्दै उनले मुलुकलाई अग्रगमनका साथै आर्थिक र सुशासनका क्षेत्रमा सुधारका लागि सरकार प्रतिबद्ध हुने बताए ।

एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने “सुझावले सरकारलाई काम गर्न एक प्रकारको मार्गदर्शन हुनेछ । ती सुझाव सरकारका सम्बन्धित मन्त्रालयमा आवश्यक कारबाहीका लागि दिइनेछ । ” एमालेका महासचिव शङ्कर पोखरेलले उक्त ९९ बुँदे सुझावको प्रतिवेदन हस्तान्तरण गरेका थिए ।

उपमहासचिव प्रदीप ज्ञवालीले सुझावको सार प्रस्तुत गरेका थिए । एमालेको हाल ३३ विभागमध्ये २८ विभागले छलफल गरेर ती सुझाव तयार पारेकाे बताइएकाे छ ।