
काठमाडाैं, ८ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले साउन ४ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ।
साविकको सूर्योदय लघुवित्त र वामी लघुवित्त गाभिएपछि बनेको सूर्योदय वोमी लघुवित्तको संस्थापक समूहको ७०.३६ प्रतिशत र सर्वसाधारणको २९.६४ प्रतिशत पूँजी संरचना थियो। सोही पूँजी संरचना कायम गर्न एफपीओ जारी गरिएकाे हाे ।
संस्थाले ४६ लाख ७२ हजार ९५४ रुपैयाँ ५० पैसाबराबरको ४६ हजार ७२९.५४५० कित्ता सेयर निष्काशन गरेकाे हो। यसमा लगानीकर्ताले आजसम्म आवेदन दिन पाउने भएका हुन्।
सेयरमा न्यूनतम १० कित्ता बडीमा १ हजार कित्ताका लागि आवेदन दिन पाइनेछ। लगानीकर्ताले साेबाेनबाट अनुमति लिएका सि–आस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयर अनलाइनबाट आवेदन दिन पाउनेछन्।
संस्थाकाे चुक्ता पूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८ रुपैयाँ ५० पैसा रहेको छ। सेयर निष्काशनपश्चात चुक्ता पूँजी ९१ करोड ५४ लाख ५५ हजार ४६३ रुपैयाँ हुनेछ।
लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




