काठमाडौं, ८ साउन । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली सेयर बजारमा हरियाली छाएको छ । सर्वत्र हरियाली र उछालले लगानीकर्ताहरुको मनोवल उच्च बनाएको छ ।
नेपाल राष्ट्र बैंकले नयाँ मौद्रिक नीति ल्याउन लागेको छ । गभर्नर महाप्रसाद अधिकारीले आफ्नो कार्यकालमा ल्याउन लागेको मौद्रिक नीति बजार तथा व्यवसायीमैत्री हुने बताईसकेका छन् ।
यही समयमा नयाँ सरकार गठन भएको छ । सरकारका अर्थमन्त्रीमा बजारले रुचाएका एमालेबाट विष्णु पौडेल अर्थमन्त्रीमा आएको भोलिपल्टबाट उकालो लागेको बजारको सो यात्रा रोकिएको छैन ।
अर्कोतर्फ प्रधानमन्त्री केपि शर्मा ओलीले आर्थिक सल्लाहकारमा डा.युवराज खतिवडालाई नियुक्त गरेपछि खतिवडाले मौद्रिक नीतिको अध्ययन गरेका छन् । उनले पनि प्रधानमन्त्रीको आसय अनुसारको बजारमैत्री नीतिलाई मौद्रिक नीतिमा समावेश गरेर आउने अपेक्षा गरेका छन् ।
लगानीकर्ताहरुले आफ्नो मनोभावनामा ठेस नलाग्ने खालको नीतिको अपेक्षा गरिरहेकोले उनीहरु बजारप्रति सकारात्मक हुँला अर्थबजार बुलिङको चरणमा रहेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७५.३३ अंकले बढेर २५६३.४३ विन्दुमा उक्लिएको छ । नेप्सेमा ३.०२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १०.४० अंकले बढेर ४५९.१९ विन्दुमा रहेको छ ।
कुल ३१७ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ३ करोड ९७ लाख ९० हजार ८८९ कित्ता सेयरको खरिदबिक्रीबाट १४ अर्ब ११ करोड ६३ लाख ३० हजार ९९५ रुपैयाँ ७६ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको २४ करोड ६९ लाख २३ हजार ७९२ रुपैयाँ ७० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै बोटलर्स नेपाल बालाजु लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गणपती लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ५.८३ प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




