
काठमाडौं, ६ पुस । नेपाल उद्योग वाणिज्य महासंघको हालै गठित मुद्रा तथा पुँजी बजार फोरमका सभापति अम्बिकाप्रसाद पौडेलले शेयर बजारले आज भोलि नै गति लिने बताएका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको असर आइतबारको शेयर बजारमा देखिएको उनले बताए । आइतबार शेयर बजारमा ९६ अंकको भिषण पहिरो नै गएकाे थियाे ।
प्रतिनिधिसभा विघटन भएपछि लगानीकर्ताहरु आत्तिएको अवस्था छ । बेच्नेहरुको भीड देखिदा आइतबारको बजारमा निकै ठूलो नकारात्मक असर पर्यो । तर सधै यस्तो नहुने सभापति पौडेलको तर्क छ । सफल आवाजसँगको कुराकानीमा उनले राजनीतिक उथलपुथल हुँदा त्यसको असर बजारसम्म पुग्ने भएपनि लामो समय भने असर नरहने बताए ।
‘शान्त तलाउमा ढुंगा हानेजस्तै भयो, पुँजी बजारले कुनै घटना घट्दा तत्कालै रियाक्सन गर्छ जसको प्रभाव बजारमा आज देखियो’ नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष समेत रहेका पौडेलले भने, ‘तर यो सँधै भने हुने होइन, तलाउमा हानेको ढुंगाले पानीको छाल विस्तारै सुकेजस्तै आज देखिएको बजारको तरङ्ग भोलि हट्छ ।’
सोमबार शुरुमा बजार घटे पनि दिउँसो लय समात्ने उनको अनुमान छ । बाहिर भएका हल्लाको पछि लगानीकर्ताहरु लाग्न नहुने उनको सुझाव छ ।






पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले…
पोखरा, ९ मङ्सिर । आसन्न निर्वाचनको चर्चा सुरु भएसँगै पोखराका अटो मेकानिक व्यवसायीहरूले पोखरा महानगरपालिकाका… 



