नेप्सेमा करेक्सन तर २६ महिना यताकै उच्च कारोबार

-



     सफल आवाज    
     श्रावण ९ गते २०८१ मा प्रकाशित



काठमाडौं, ९ साउन ।साताको सेयर कारोबार हुने चौथो दिन बुधबार नेपाली सेयर बजारमा करेक्सन भएको छ । दुईवटा उपसमूह बाहेक ११ वटै् उपसमूहहरु राताम्मै भएका छन् । तर कारोबारलाई हेर्ने हो भने बितेका २६ महिनापछिको बसैभन्दा धेरै भएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २७.३२ अंकले घटेर २५३६.११ विन्दुमा झरेको छ । नेप्सेमा १.०६ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ६.२५ अंकले घटेर ४५२.९३ विन्दुमा झरेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये दुईवटामा मात्रै हरियो लागेको छ । बाँकी ११ वटामा रातो लागेको छ । कुल ३११ कम्पनीहरुको ४ करोड ७ लाख ४७ हजार २२६ कित्ता सेयरको कारोबार बाट १६ अर्ब २० करोड ८५ लाख ७७ हजार ३१४ रुपैयाँ ५३ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३६ करोड ७ लाख ४६ हजार ४५२ रुपैयाँ ३० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै बोटलर्स नेपाल तराई लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै चिरख्वा हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.७९ प्रतिशतले घटेको छ ।