
काठमाडौं, १० साउन । सपोर्ट लघुवित्त वित्तीय संस्थाले खुद नाफा कमाउन सफल भएकाे छ । संस्थाकाे प्रकाशित गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार खुद नाफा अघिल्लो आर्थिक वर्षकोभन्दा बढेकाे छ।
असार महिनाकाे अन्त्यसम्ममा संस्थाले रुपैयाँ २ करोड ३८ लाख खुद नाफा गरेकाे छ। यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ७५.०३ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा याे नाफा रुपैयाँ १ करोड ३६ लाख रुपैयाँमा सिमित थियाे ।
संस्थाकाे खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि जोखिम व्यवस्थाको रकम घटेकाेले खुद नाफा बढेकाे हाे। खुद ब्याज आम्दानी १८.१९ प्रतिशतले र अन्य सञ्चालन आम्दानी ८१.९४ प्रतिशतले बढेको छ।
कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशत तथा सञ्चालन मुनाफा १९४.३८ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्षमा रुपैयाँ ३५ लाख रहेको सम्भावित जोखिमबापतको व्यवस्था, गत आर्थिक वर्ष ९ लाख ७३ हजार कायम भएकाे छ।
संस्थाकाे इपिएस पनि बढेको छ। यस्ताे आम्दानी ७ रुपैयाँ ८५ पैसा बढेर २२ रुपैयाँ १६ पैसा कायम भएकाे छ। मूल्य आम्दानी रेसियाे ८३.९५ गुणा छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ५५ पैसा रहेको छ।
लघुवित्तको चुक्ता पूँजी रुपैयाँ १० करोड ७६ लाख रहेकाे छ । जगेडा कोषमा रुपैयाँ ५ करोड ३३ लाख रहेकाे छ। असारकाे अन्त्यसम्ममा रुपैयाँ १ अर्ब २६ करोड सापटी रहेकाे छ भने रुपैयाँ १ अर्ब ६६ करोड रुपैयाँ कर्जा लगानी रहेकाे छ।








पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले… 




