आइपीओ प्रस्ताव पारित गर्न आरती पावरले डाक्याे एजिएम

-



     सफल आवाज    
     श्रावण ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ साउन । आरती पावर कम्पनीले साउन ३२ गते साधारण सभा डाकेकाे छ । कम्पनीकाे साधारण सभामा आइपीओ खुलाउने प्रस्ताव पेश गरिने भएकाे छ ।

सभा साउन ३२ गते टोखा नगरपालिकामा रहेकाे पारिजात पार्टी प्यालेस, जाल्पाचोक, काठमाडौंमा दिउँसो २ बजे डाकिएकाे छ । सभामा आइपीओ निष्कासन गर्ने लगायतका प्रस्ताव पेश गरिने भएकाे छ ।

यस्तै आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान तथा हर हिसाबका बारेमा छलफल गरी पारित गरिनेछ । सभाले आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक ताेक्ने भएकाे छ।