शुक्रबार घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण ११ गते २०८१ मा प्रकाशित



काठमाडौं, ११ साउन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले घटेको जनाएको छ । चाँदीमा रुपैयाँ २० ले घटेको छ

छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ४४ हजार रुपैयाँमा कारोबार भईरहेका छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले घटेर तोलाको १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।