गुराँस लघुवित्तकाे नाफामा बृद्धि

-



     सफल आवाज    
     श्रावण १३ गते २०८१ मा प्रकाशित



काठमाडौं, १३ साउन । गुराँस लघुवित्त वित्तीय संस्थाको नाफामा आकर्षक बृद्धि देखिएकाे छ । संस्थाको सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार साे नाफामा वृद्धि भए हाे ।

संस्थाको खुद नाफा १४४९.११ प्रतिशतले बढेर रुपैयाँ २ करोड ५९ लाख ६३ हजार भएकाे छ। अघिल्लो वर्षको साेहि अवधिमा नाफा रुपैयाँ १६ लाख ७६ हजार थियो । खुद ब्याज आम्दानी र सञ्चालन नाफा पनि बढेको छ । खराब कर्जा घटेको छ । यसैकाे कारण खुद नाफा बढेकाे हो ।

संस्थामा खुद ब्याज आम्दानी ४७.९४ प्रतिशतले बढेकाे छ । साे बढेर रुपैयाँ ८ करोड २८ लाख ८१ हजार पुगेको छ । सञ्चालन नाफा १४१८.२४ प्रतिशतले बढेर रुपैयाँ २ करोड ५९ लाख ६३ हजार रहेकाे छ । खराब कर्जा ३.९० प्रतिशतले घटेर २.४६ प्रतिशत कायम छ ।

संस्थाको चुक्ता पुँजी रुपैयाँ १० करोड १४ लाख रहेकाे छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ६१ पैसा हुँदा नेटवर्थ १४६ रुपैयाँ ५२ पैसा रहेकाे छ ।