नेप्सेमा दोस्रोपटक सकारात्मक सर्किट, सवा १२ बजेसम्म पाैने ३ अर्बको कारोबार

-



     सफल आवाज    
     श्रावण १३ गते २०८१ मा प्रकाशित



काठमाडौँ, १३ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सकारात्मक सर्किट लागेको छ । आजको कारोबार सुरु भएको एक मिनेट ३१ सेकेण्डमा नेप्से परिसूचक चार प्रतिशतले बढेसँगै कारोबार २० मिनेटका लागि बन्द भएको थियो ।

त्यस्तै, दोस्रोपटक कारोबार शुरु भएको एक मिनेटभित्रै परिसूचक एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि ४० मिनेटका लागि कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको सकारात्मक प्रभाव पुँजीबजारमा देखिएको हो ।

अहिले सवा १२ बजेसम्म नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.१६ प्रतिशत बढेको छ । यो समयसम्म २ अर्ब ७४ करोडको कारोबार भएको छ।