
पोखरा, १४ साउन । पोखरा महानगरपालिका वडा नं २१ गुड्कुस्थित भित्रि सडक खण्डमा आज बिहान स्कुल बस दुर्घटनामा पर्दा २ जनाको निधन भएको छ । बसमा सवार २८ जना घाईते भएका छन् ।
मृतकहरूमा वर्ष ३३ की आरती बि.क रहेकी छन् । उनकाे उपचारकाे क्रममा मृत्यु भएकाे हाे । उनी विद्यालयकाे कार्यालय सहयोगी हुन् । यस्तै उपचारकै क्रममा बर्ष ६ का प्रिन्स बि.क. को मृत्यु भएकाे प्रहरीले जानकारी दिएकाे छ ।
पोखरा १७ बिरौटामा रहेको एलपी देवकोटा मेमोरियल बोर्डिङ स्कुलको ग१क ६२१९ नं को बस दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर बसको सहयोगी एक महिलाको निधन भएको छ । अन्य २९ जना घाईते भएका छन् । उनीहरुको पोखराका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
बस एक हातेको घुम्तीबाट करिब ५० मिटर तल खसेको छ । बसको भौतिक स्थिति हेर्दा घिस्रिदै तल्लो सडकमा खसेको छ भने ठूलो क्षती हुनबाट जोगिएको देखिन्छ ।
बसमा सवार बसको सहयोगी एक युवतीको निधन भएको छ। बसका चालकसहित घाईते २९ जनाको पोखराका विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
घाईते १४ जनाको जिएमसि हस्पिटलमा, १२ जनाको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र ३ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भईरहेको छ । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी रहेको छ भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।
यसैबीच पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले दुर्घटनामा परेका घाईतेहरुको सिघ्र सवस्थ्य लाभको कामना गरेका छन् भने तत्काल उद्धारमा खटिने सबैलाई आभार व्यक्त गरेका छन् ।
गण्डकी मेडिकल कलेजमा उपचाररत घाईतेहरु
१ जिल्ला कास्की पोखरा म।न।पा। २१ कृष्ती बस्ने वर्ष ९ को अनमोल बि।क।,
अबस्था मध्यम ।
२ ऐ।ऐ। बस्ने बर्ष ५ को रोशन बराल, अबस्था मध्यम ।
३ ऐ।ऐ। रामदी बस्ने बर्ष १४ को दिप्सन कार्की, अबस्था मध्यम ।
४ ऐ।ऐ। बस्ने बर्ष ६ को योना गुरुङ, अबस्था मध्यम ।
५ ऐ।ऐ। बस्ने बर्ष १३ की डिना गुरुङ, अबस्था सामान्य ।
६ ऐ।ऐ। बस्ने बर्ष १५ की प्रकृती कार्की, अबस्था मध्यम ।
७ ऐ।ऐ। एकहाते बस्ने बर्ष ६ को प्रिन्स राना, अबस्था सामान्य ।
८ ऐ।ऐ। रामदी बस्ने बर्ष ७ की चिजा बि।क।, अबस्था सामन्य ।
९ ऐ।ऐ। बस्ने बर्ष ९ को प्रवेश कार्की, अबस्था मध्यम ।
१० ऐ।ऐ। बस्ने बर्ष १२ की विसिका पौडेल, अबस्था मध्यम ।
११ ऐ।ऐ। बस्ने बर्ष ११ को बिश्वास पौडेल, अबस्था सामान्य ।
१२ ऐ।ऐ। बस्ने अं। बर्ष ४र५ को प्रिन्स बि।क।, चिकित्सकद्वारा मृत
१३ ऐ।ऐ। एकहाते बस्ने बर्ष १२ की सिम्रन बि।क।, अबस्था मध्यम ।
१४ ऐ।ऐ। रामदी बस्ने बर्ष ११ को विवश खत्री, अबस्था मध्यम ।
१५ ऐ।ऐ। बस्ने वर्ष ३३ की आरती बि।क।, ऐ।०९स्४१ बजे चिकित्सकद्वारा मृत
घोषणा, सोही विद्यालयको कार्यालय सहयोगी ।
पश्चिम क्षेत्रीय अस्पतालमा उपचाररत घाईतेहरु
१ जिल्ला कास्की पोखरा म।न।पा। २१ बस्ने बर्ष ८ की अनन्या पौडेल, अबस्था
मध्यम ।
२ ऐ।ऐ। बस्ने बर्ष ३ की सिमन मगर, अबस्था मध्यम ।
३ ऐ।ऐ। बस्ने बर्ष ३ को न्युजन मगर, अबस्था मध्यम ।
४ ऐ।ऐ। बस्ने बर्ष ७ को रिजन मगर, अबस्था मध्यम ।
५ ऐ।ऐ। बस्ने बर्ष १२ को रामकृष्ण नेपाली, अबस्था मध्यम ।
६ ऐ।ऐ। बस्ने बर्ष २ को अंकित खत्री, अबस्था मध्यम ।
७ ऐ।ऐ। बस्ने बर्ष १४ की सितादेवी बि।क।, अबस्था मध्यम ९निज छोरेपाटन
सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थी०।
८ ऐ।ऐ। बस्ने बर्ष ७ को अस्मित बि।क।, अबस्था मध्यम ।
९ ऐ।ऐ। बस्ने बर्ष ३० की सुमित्रा सुनार, अबस्था मध्यम ९निज बच्चाको फि तिर्न
आएकी अविभावक० ।
१० ऐ।ऐ। बस्ने बर्ष २ को निर्दोष सुनार, अबस्था मध्यम ।
११ ऐ।ऐ। बस्ने बर्ष ३० की सपना आले, अबस्था मध्यम, ९शिक्षक० ।
१२ ऐ।ऐ। बस्ने बर्ष ११ को निश्चल सुनार, अबस्था मध्यम ।
मणिपाल शिक्षण अस्पतालमा उपचाररत घाईतेहरु
१ जिल्ला कास्की पोखरा म।न।पा। १७ बिरौटा बस्ने बर्ष ५५ को टेक बहादुर
भुजेल, अबस्था मध्यम, ९बस चालक० ।
२ ऐ।ऐ। २१ रामदी बस्ने बर्ष ८ को निशान सुनार, अबस्था समान्य ।
३ ऐ।ऐ। बस्ने बर्ष ५ को सागर थापा, अबस्था मध्यम रहेकाे प्रहरीले जनाएकाे छ । उद्धारमा ५५ प्रहरी र स्थानिय खटिएका थिए ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




