सूर्योदय वोमी लघुवित्तकाे एफपीओ बुधबार बाँडफाँड हुने

-



     सफल आवाज    
     श्रावण १५ गते २०८१ मा प्रकाशित



काठमाडौं १५ साउन । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएकाे एफपीओ बाँडफाँड बुधबार साउन १६ गते हुने भएकाे छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धक रहेकाे कुमारी क्यापिटल लिमिटेडले उक्त दिन बिहान ८ बजे  क्यापिटलको कार्यालयमा एफपीओ बाँडफाँड गरिने तयारी भएकाे जनाएकाे छ ।

संस्थाले साउन ४ गतेदेखि साउन ८ गतेसम्म एक सय रुपैयाँ अंकित मूल्यमा ४६ हजार ७२९.५४५० कित्ता एफपीओ बिक्रीमा ल्याएकाे थियाे । एफपीओमा माग भन्दा ५१०.६६ गुणा आवेदन परेको थियाे ।

आवेदन धेरै परेकाे कारण सेय। गोलाप्रथाबाट बाँडफाँड गरिने भएकाे छ । यसमा ४ हजार ६३ आवेदकले १० कित्ताका दरले सेयर हात पार्नेछन् । साथै ९ जनाले थप १ कित्तासहित ११ कित्ताका दरले सेयर पाउनेछन्।

सूर्योदय लघुवित्त वित्तीय संस्था र वोमी लघुवित्त वित्तीय संस्था एकापसमा गाभिएपछि नयाँ नाम सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था राखिएकाे हो । संस्थाको चुक्ता पुँजी रुपैयाँ ९१ करोड ७ लाख ८२ हजार ५०८ रहेकाे छ ।