विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको भाउ

-



     सफल आवाज    
     श्रावण १५ गते २०८१ मा प्रकाशित



काठमाडौं, १५ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ स्थिर रहेको छ । युरोको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ६७ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ २७ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४४ रुपैयाँ ७५ पंैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ४० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय १७१ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय ७२ रुपैयाँ ४२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५१ रुपैयाँ ७ पैसा र बिक्रीदर १ सय ५१ रुपैयाँ ७५ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९२ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९७ रुपैयाँ रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर ९९ रुपैयाँ ४६ पैसा बिक्रीदर ९९ रुपैयाँ ९१ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः