बिहिबार सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण १७ गते २०८१ मा प्रकाशित



काठमाडौं, १७ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १६ सयले बढेको छ । चाँदीमा रुपैयाँ २० ले बढेको छ ।

छापावाल सुनमा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ४९ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १६ सयले बढेर तोलाको १ लाख ३७ हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ३५ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको रुपैयाँ १ हजार ८ सयमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ८० रुपैयाँमा कारोबकार भएको थियो ।