
काठमाडौं, १७ साउन । नेपाल राष्ट्र बैंकले समस्यामा परेका निर्माण व्यवसायीलाई कर्जा तिर्ने समय ५ महिना थप गर्न बैंकहरूलाई निर्देशन दिएको छ । आर्थिक गतिविधि शिथिल हुँदा प्रभावित भएका निर्माण व्यवसायीले बैंकको कर्जा तिर्न थप २०८१ मङसिरसम्म थप समय पाएका छन।
आर्थिक गतिविधिमा आएको शिथिलतासँगै निर्माण व्यवसाय नकारात्मक भएपछि व्यवसायीलाई राहत दिन भन्दै राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सहुलियत दिने घोषणा गरिसकेकाे थियो ।
त्यसैगरी उठाउनुपर्ने ब्याजलाई पूँजीकरण गर्न र पेनाल ब्याज, हर्जाना लगाउन नपाइने राष्ट्र बैंकले जनाएको छ । तर, छूट पाउने अवधिभित्र कर्जाको साँवाब्याज भुक्तानी नगरेमा पूर्वनिर्धारित शर्तबमोजिम सम्पूर्ण भाखा नाघेको अवधिको पेनाल ब्याज लिन सक्ने निर्देशनमा उल्लेख गरिएकाे छ ।
निर्माण व्यवसायीलाई कालोसूचीमा समेट्ने प्रावधानमा पनि राष्ट्र बैंक लचिलो बनेको छ । निर्देशनअनुसार अब चेक अनादर भएको कारणले मात्र निर्माण व्यवसायी संस्थालाई २०८१ मङ्सिरसम्म कालोसूचीमा समावेश नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।








काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका…
काठमाडौं, ८ मङ्सिर। सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको वर्तमान आवश्यकता, बदलिँदो स्वरूप…
काठमाडौं, ८ मंसिर। साताको दोस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १५.३९ अंकले…
काठमाडौं, ८ मंसिर। सरकारले आन्तरिक स्रोत परिचालनका लागि थप १० अर्ब रुपैयाँ ऋण उठाउने भएको… 




