
बोस्टन, अमेरिका, ७ पुस । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी पत्नी जिल बाइडेनले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । बाइडेनलाई क्रिस्टिना केयर अस्पतालकी नर्स ताबे मेसेले फाइजर खोपको पहिलो डोज लगाइदिएकी हुन् ।
बाइडेनले सोमबार दिउसो आफ्नो होम स्टेट डेलावरमा खोप लगाउँदा टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । उनले यो खोपअन्तर्गतको दोस्रो डोज अबको २१ दिनमा लगाउने छन् ।
“म यो खोप लगाएको देखाएर सबैलाई यसबारे चिन्ता नलिन र खोपका लागि तयार हुन आग्रह गर्छु” बाइडेनले खोप लगाएपछि भने । उनले आफ्नी पत्नी जिल बाइडेनले पनि खोप लगाएको जानकारी दिए ।
बाइडेनले भर्खरै खोपको सुरुवात भएको र स्थिति सामान्य हुन केही समय लाग्ने हुनाले खोपपछि पनि मास्क लगाउन, सामाजिक दुरी कामय गर्न र अनावश्यक यात्रा नगर्न आग्रह गरे ।
नवनिर्वाचित राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले कोरोनाविरुद्धको खोप लगाउने पहिल्यै बताएका थिए । यद्यपी कमला ह्यारिसले खोप लगाएको खबर आएको छैन ।
यसअघि गत शुक्रबार अमेरिकी उपराष्ट्रपति माइक पेन्स, उनकी पत्नी करेन, सिनेटकी सभामुख न्यान्सी पेलोसी र सर्जन जनरल जेरोम आडम्सले खोप लगाएका थिए ।
अमेरिकामा पहिलो खोपका रुपमा अघिल्लो शुक्रबार फाइजरको खोपले आपतकालिन प्रयोगको अनुमति पाएको हो । यस्तै गत शुक्रबार मोडेर्नाको खोपले पनि उस्तै रुपमा अनुमति पाएको छ ।








ललितपुर, ८ मङ्सिर। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद् प्रभावित क्षेत्रको पुनःस्थापना र पुनर्निर्माण…
केप क्यानभेरल (फ्लोरिडा), ८ मङ्सिर। वैज्ञानिकहरूले ब्रह्माण्डको उत्पत्ति भएको बिग ब्याङपछि करिब ६३ करोड वर्षमै…
काठमाडौं, ८ मंसिर । आकाश क्यापिटल लिमिटेड अबदेखि कामना सेवा क्यापिटल लिमिटेडकाे नामबाट संचालन हुने…
सियोल, ८ मङ्सिर । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य… 




