आज अमेरिकी डलर र यूरोको भाउ बढ्याे

-



     सफल आवाज    
     श्रावण २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोको भाउ पनि बढेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३३ रुपैयाँ ८६ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ ४६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ २१ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय १७० रुपैयाँ १४ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ३९ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय ५८ रुपैयाँ २५ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३१ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९८ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०१ रुपैयाँ ३२ पैसा बिक्रीदर १०१ रुपैयाँ ७७ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः