सुनमा रु २३ सयले गिरावट, चाँदीको भाउ पनि घट्यो

-



     सफल आवाज    
     श्रावण २२ गते २०८१ मा प्रकाशित



काठमाडौं, २२ साउन । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ २३ सय तथा चाँदीमा रुपैयाँ ६० ले गिरावट भएको जनाएको छ ।छापावाल सुनमा रुपैयाँ २३ सयले घटेर तोलाको १ लाख ४७ हजार ७ सय कायम गरिएको छ । घसअघि सोमबार छापावाल सुन हालम्मकै उच्च भाउ तोलाको १ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ २३ सयले घटेर तोलाको १ लाख ३५ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख ३८ हजार २५ रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ ६० ले घटेर तोलाको १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ८५ रुपैयाँमा कारोबार भएको पिथयो ।