अमेरिकी डलरकाे भाउ बढ्याे, अन्यकाे कति ?

-



     सफल आवाज    
     श्रावण २३ गते २०८१ मा प्रकाशित



काठमाडौं, २३ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । यूरोको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ ३ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ ६३ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४६ रुपैयाँ १९ पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ ८५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय १७० रुपैयाँ २४ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय ५७ रुपैयाँ ४२ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८७ रुपैयाँ २६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ९७ रुपैयाँ २९ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०० रुपैयाँ ९५ पैसा बिक्रीदर १०१ रुपैयाँ ४० पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः