सुनकाे भाउमा रु ३ सयले बृद्धि, चाँदीमा गिरावट

-



     सफल आवाज    
     श्रावण २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ साउन । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनचाँदीको भाउमा तलमाथि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सयले बृद्धि भएको जनाएको छ । चाँदीमा रुपैयाँ २० ले गिरावट भएको छ ।

छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ४६ जार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन सुनमा रुपैयाँ १४ सयले गिरावट भएको थियो ।

बिगत केहि दिनदेखि महासंघले तेजाबी सुनको भाउ निर्धारण गरेको छैन ।

चाँदीमा यसदिन रुपैयाँ २० ले घटेर तोलाको १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय १० रुपैयाँमा कारोबार भएको थियो । उक्त दिन चाँदीमा रुपैयाँ १० ले गिरावट भएको थियो ।