प्रि ओपन सेसन : नेप्सेमा १३.१६ अंककाे बृद्धि

-



     सफल आवाज    
     श्रावण २४ गते २०८१ मा प्रकाशित



काठमाडाैं, २४ साउन । साताको सेयर काराेबार हुने अन्तिम दिन बिहिबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसन सकारात्मक देखिएकाे छ । नेप्से परिसूचक १३.१६ अंकले बढेको छ।

अघिल्लो कारोबार भएकाे दिन बुधबार नेप्से परिसूचक १०८.३५ अंक बढेर २७५९.६७ विन्दुमा पुगेकाे थियाे ।

बिहिबार नेप्से प्रि ओपन सेसनमा १३.१६ अंक बढेर २७७२.८४ विन्दुमा चढेकाे छ। सेन्सेटिभ इण्डेक्स १.२१ अंकले बढेको छ।

यसदिन प्रि ओपन सेसनमा ८२ वटा कम्पनीहरूकाे १९ हजार ८६ कित्ता सेयर खरिदबिक्री भएको छ। यसबाट रूपैयाँ १ करोड २० लाख २४ हजार ५४९ रुपैयाँ ५० पैसा बराबरको काराेबार भएकाे छ ।

५५ वटा कम्पनीकाे सेयर मूल्य बढेको छ । १९ वटाको सेयरमूल्य घटेको छ भने बाँकी ८ वटाको सेयरमूल्य यस सेसनमा स्थिर रहेको छ।