क्युआर कोड प्रयोगकाे यस्ता छन फाइदा

-



     सफल आवाज    
     श्रावण २४ गते २०८१ मा प्रकाशित



काठमाडौं, २४ साउन । पछिल्लो समय बजारमा क्यूआरको प्रयोग निकै बढेको देखिन्छ । ठूला व्यापारिक क्षेत्रदेखि साना पसलहरुमा पनि क्युआर कोर्डको प्रयोग अत्याधिक मात्रामा भइरहेको छ । विद्युतीय माध्यमबाट हुने यो कारोबारका फाइदा पनि उत्तिकै छन् ।

क्युआर मार्फत रकम आदानप्रदान हुने भएपछि नगद बोक्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यो प्रविधिको सबैभन्दा ठूलो फाइदा नै यही हाे ।

क्युआर कोडको प्रयोगले नोट धुलो–मैलो हुने समस्याबाट पनि बचाउँछ । यसले उपभोक्ता र सेवाप्रदायक दुवैको समय बचत गर्छ । यो प्रणालीको प्रयोगले केही सेकेन्डमै पैसा लेनदेन हुन्छ, जसले समय बचाउँछ ।

यो प्रणलीमार्फत गरिने कारोबार अत्यन्तै पारदर्शी हुन्छ । यसमा लुकीछिपी कोही–कसैले गलत मनशायकाे काम गर्ने सम्भावना हुँदैन । यसमा तपाईंले गरेको कारोबार रेकर्डमै देखिन्छ ।

कोभिडका कारण हामीले जुन समस्या भोग्नुपर्‍यो, त्यसको हल यही प्रविधिको प्रयोगमा छ । यसमा त्यस्ता समस्या आउँदैनन् । कार्डको प्रयोगमा छाेएर गर्नुपर्थ्याे, तर यो परैबाट स्क्रिन अन गरेर कारोबार गर्न सकिने हुदाँ स्वास्थ्यका हिसाबले पनि राम्राे मानिन्छ ।