सुनमा रु १५ सयले बृद्धि, चाँदीको भाउ पनि बढ्यो

-



     सफल आवाज    
     श्रावण २५ गते २०८१ मा प्रकाशित



काठमाडौं, २५ साउन । साताको सुनचाँदीको कारोबार हुने छैटौं दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १५ सय तथा चाँदीमा रुपैयाँ ४० ले भाउ बढेको जनाएको छ ।

छापावाल सुनमा रुपैयाँ १५ सयले बढेर तोलाको १ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ४६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला एक लाख २५ हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन चाँदीमा रुपैयाँ ४० ले बढेर तोलाको १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ६ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।