विद्युत प्राधिकरण आइपीओ निष्काशनकाे तयारी गर्दै

-



     सफल आवाज    
     श्रावण २६ गते २०८१ मा प्रकाशित



काठमाडौं, २६ साउन । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्राधिकरणबाट सेयर (आइपीओ) खुलाइने जानकारी दिएका छन्।

प्राधिकरणमा दाेस्रो कार्यकालको तेश्राे वर्ष पूरा भएको अवसरमा आयोजना गरिएकाे पत्रकार सम्मलेनमा घिसिङले कुल पुँजीको १० प्रतिशत आइपीओ जारी गर्ने तयारी गरिएकाे बताए । 

आइपीओबाट संकलित रकम ठूला जलविद्युत आयाेजनामा लगानी गरिने उनले बताए । उनले विद्युतिकरणमा विकास भइरहेकाे जनाउदै ८९ प्रतिशतमा रहेकाे विद्युतीकरण हाल ९९ प्रतिशत पुगेको बताए ।

२०८०-८१ सालसम्म विद्युत चुहावट १२.७३ प्रतिशतमा झरेकाे बताए । हामीले चुहावट नियन्त्रण गर्न सफल भएका छाैं । उनले भने, ८ वर्ष अघिसम्म २५.७८ प्रतिशत विद्युत चुहावट भएकाेमा गत वर्ष प्रणालीको चुहावट १२.७३ प्रतिशतमा झरेकाे छ ।