
काठमाडौं, २६ साउन । सूर्य नेपाल प्रालिले सन् २०२३ मा करिब २९ अर्बकाे व्यापार गरेकाे छ । कम्पनीका अनुसार रूपैया २८ अर्ब ९९ करोड बराबरको व्यापार भएकाे हाे ।
कम्पनीकाे सन २०२२ काे भन्दा सन् २०२२ को व्यापार ७.३१ प्रतिशत बढी भएकाे छ । सन् २०२२ मा कम्पनीकाे व्यापार रूपैयाँ २७ अर्ब १ करोड ४० लाख रहेकाे थिथयाे ।
कम्पनीले सूर्य लिजेन्ड, सूर्य लक्जरी किङ्स, सूर्य २४ क्यारेट, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गर्दै आएकाे छ । कम्पनी सन् १९८६ मा स्थापना भएको थियाे । यसका साथै कम्पनीले अगरबत्तीकाे उत्पादन र बिक्री वितरण गरिरहेकाे छ ।
कम्पनीमा आइटीसी लिमिटेड, भारतको ५९ प्रतिशत रहेको छ । बाँकी ३९ प्रतिशत नेपाली नागरिक र २ प्रतिशत ब्रिटिस अमेरिकन टोब्याको लिमिटेडको लगानी रहेकाे छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




