शिवम् सिमेन्टको आम्दानी घट्यो, यस्ता छन अन्य सूचक

-



     सफल आवाज    
     श्रावण २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ साउन । शिवम् सिमेन्टकाे सञ्चालन आम्दानी घटेकाे छ । कम्पनीकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा ०.५८ प्रतिशतले घटेकाे छ।

कम्पनीले अघिल्लो आर्थिक वर्षमा रुपैयाँ ७ अर्ब ७५ करोड सञ्चालन आम्दानी गरेको थियाे । गत आर्थिक वर्षमा रुपैयाँ ७ अर्ब ७० करोड आम्दानी गरेको छ। याे अघिल्लाे वर्षकाे तुलनामा ०.५८ प्रतिशतले कम हाे।

खुद नाफा ५७.९३ प्रतिशतले घटेको छ। अघिल्लो आर्थिक वर्षमा रुपैयाँ ५९ करोड ४७ लाख खुद नाफा कमाएकोमा गत आर्थिक वर्षमा रुपैयाँ २५ करोड २ लाख खुद नाफा कमाएको छ। सञ्चालन आम्दानी सामान्य र अन्य आम्दानी घटेको छ । यसकाे बिक्री लागत बढेकाेले खुद नाफामा असर पुगेकाे हो।

कम्पनीको कुल नाफा १९.४९ प्रतिशत घटेको छ । अन्य आम्दानी ४५.४१ प्रतिशतले र कुल खर्च ४.१८ प्रतिशतले घटेको छ।प्रतिसेयर आम्दानी ८ रुपैयाँ ५४ पैसा घटेर ४ रुपैयाँ ९८ पैसा कायम भएकाे छ। नेटवर्थ १८९ रुपैयाँ २ पैसा रहेको छ भने मूल्य आम्दानी रेसियाे १००.८६ गुणा छ।

कम्पनीको चुक्ता पूँजी रुपैयाँ ५ अर्ब २ करोड रहेकाे छ । जगेडा कोषमा रुपैयाँ ४ अर्ब ४७ करोड रहेकाे छ।