ग्लोबल आइएमई लघुवित्तकाे नाफा ४६.८२ प्रतिशतले बढ्याे

-



     सफल आवाज    
     श्रावण २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ साउन । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाकाे नाफामा उल्लेख्य बृद्धि भएकाे छ। वित्तीय संस्थाले आज सार्वजनिक गरेकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे वित्तीय विवरण अनुसार नाफा ४६.८२ प्रतिशतले बढेकाे देखिएकाे छ ।

लघुवित्तले यस अवधिमा १४ करोड १६ लाख नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको साेहि अवधिकाे भन्दा ४६.८२ प्रतिशतले बढी हो । अघिल्लो वर्ष याे नाफा रुपैयाँ ९ करोड ६४ लाख थियो । सञ्चालन नाफा ४६.९१ प्रतिशत रहेकाे छ । खुद ब्याज आम्दानी ३५.८७ ले बढेकाे छ । 

संस्थाकाे चुक्ता पुँजी रुपैयाँ ६१ करोड ८९ लाख रहेको छ । जगेडामा रुपैयाँ रुपैयाँ ५१ करोड ५१ लाख रहेकाे छ । प्रतिसेयर आम्दानी ७ रुपैयाँ ३० पैसाले बढेर २२ रुपैयाँ ८९ पैसा कायम भएको छ ।

प्रतिसेयर नेटवर्थ १८३ रुपैयाँ २४ पैसा रहेकाे छ । संस्थाकाे खराब कर्जा ४.३० प्रतिशतले घटेर ३.९० प्रतिशत कायम भएकाे छ ।