प्रि ओपन सेसन : नेप्सेमा १३.७० अंककाे बृद्धि

-



     सफल आवाज    
     श्रावण २७ गते २०८१ मा प्रकाशित



काठमाडौं, २७ साउन । साताकाे सेयर काराेबार हुने पहिलाे दिन आज बिहिबार नेपाली सेयर बजार सकारात्मक देखिएकाे छ ।

यसदिन नेप्सेकाे प्रि ओपन सेसनमा नेप्से परिसूचक १३.७० अंकले बढेकाे छ । याे बृद्धिसँगै नेप्से परिसूचक २७८०.०८ विन्दुमा पुगेकाे छ ।

यस सेसनमा ३ करोड ९४ लाख बढीको सेयर कारोबार भएको नेप्सेले जनाएकाे छ । १११ वटा कम्पनीको सेयर काराेबार भएकाे छ ।

उनीहरुकाे ७२ हजार १४९ कित्ता सेयर कारोबार भएको छ । ७२ वटा कम्पनीको सेयरमूल्य बढेको छ । २२ वटाको सेयरमूल्य घटेको छ । बाँकीकाे सेयरमूल्य स्थिर रहेकाे छ।