सोमबार सुनचाँदीको भाउमा सामान्य गिरावट

-



     सफल आवाज    
     श्रावण २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ साउन । साताको सुनचााँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ ।

अघिल्लो दिन आईतबार छापावाल सुनमा रुपैयाँ ७ सयले बढेर कारोबार भएकोमा आज सोमबार रुपैयाँ १ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ १ सयले घटेर तोलाको १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुन तोलाको १ लाख ४८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ १५ ले घटेको छ । यसरी घटेको चाँदी सोमबार तोलाको रुपैयाँ १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ३० रुपैयाँमा कारोबार भएो थियो ।