नेप्सेमा फेरि नयाँ रेकर्ड: २७ अर्ब २४ करोडको कारोबार

-



     सफल आवाज    
     श्रावण २८ गते २०८१ मा प्रकाशित



काठमाडौं, २८ साउन । नेप्सेमा फेरि नयाँ रेकर्ड कायम भएकाे छ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार २७ अर्ब २४ करोडको उच्च कारोबारको रेकर्ड कायम भएकाे हाे ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ७०.८१ अंकले बढेर २९३१.६५ विन्दुमा उक्लिएको छ । याे रेकर्ड बितेका ३० महिना यताकै सबैभन्दा धेरै हाे । नेप्सेमा २.४७ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १०.५६ अंबले बढेर ५१२.४७ विन्दुमा पुगेको छ ।

यसदिन १३ उपसमूहहरुमध्ये दुईवटा उपसमूहहरुमा रातो लागेको छ । बाँकी रहेका ११ वटामा हरियो लागेको छ । कुल ३३९ कम्पनीहरुको सेयर कारोबार भएको छ ।

उनीहरुको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयरको खरिदबिक्रीबाट २७ अर्ब २४ करोड २० लाख ३४ हजार ७६५ रुपैयाँ ८९ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्स लिमिटेडको कारोबार भएको छ । कम्पनीको १ अर्ब २२ करोड ८० लाख ७२ हजार ४०३ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सूर्योज्योती लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयरमुल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको नेप्सेले जनाएकाे छ ।