रोयल सहकारीले एकल विन्दुमै ऋण प्रवाह गर्ने

-



     सफल आवाज    
     श्रावण २८ गते २०८१ मा प्रकाशित




पोखरा, २८ साउन । पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक मन्दीका कारण समस्यामा परेका सदस्यहरुलाई लक्षित गरि एकल विन्दुमा ऋण प्रवाह गर्ने भएकाे छ । संस्थाका ऋण विभाग प्रमुख परमेश्वर दाहालका अनुसार मिसन संस्थाले लागु गरेको १०० योजना अनुसार ९.९९% व्याजदरमा रु.५ लाखदेखि १ करोडसम्मको ऋण प्रवाह भईरहेको जानकारी दिए ।

यो योजना १०० दिनसम्म लागु हुने र यस योजना अन्तर्गत साँवा एवं व्याज नियमित भुक्तानी गरेमा ऋण लिएको १ वर्ष सम्म व्याज वृद्धि नहुने र समय अनुसार व्याजदर कम भएमा भने सोही अनुसार कम हुने बताए ।

विगत २ दशक बढीदेखि पोखरालाई कार्यथलोको रुपमा कारोबार गरिरहेको सहकारीको कास्की, स्याँङ्जा, तनहँु, लमजुङ्ग र पर्वत गरि ५ जिल्ला कार्यक्षेत्र, प्रधान कार्यलय सहित ४ वटा सेवा कार्यालय र ९३५६ जना सदस्य रहेका छन् ।

संस्थाले हाल १ हजार ३०० बढीलाई व्यापार व्यवसाय, कृषि, पर्यटन, लघुउधम, वैदेशिक रोजगार, शैक्षिक र घरायसी लगायतको शिर्षकमा १ अर्ब ६८ करोड बढी लगानी गरिरहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।

संस्थाले ग्रामीण महिलाहरुलाई लक्षित गरि सहकारी समूह कर्जा समेत सञ्चालन गरिरहेको छ । हाल कास्की, तनहुँ र स्याँङ्गजाका करिब ९ वटा पालिकामा सञ्चालित कार्यक्रममा करिब २ हजार महिलाहरु आवद्ध रहेका छन् ।