आज अमेरिकी डलर र यूरोको भाउ बढ्यो, अन्यको कति ?

-



     सफल आवाज    
     श्रावण २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ साउन । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ बढेको छ । साथै यूरोसहित अन्य केहीको भाउ पनि बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय १ सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १ सय ६० रूपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १ सय ३४ रुपैयाँ ६ पैसा र बिक्रिदर १ सय ३४ रुपैयाँ ६६ पैसा रहेको छ । यूरो १ को खरिददर १ सय ४६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ४७ रुपैयाँ ६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १ सय १७१ रुपैयाँ ९ पैसा र बिक्रीदर १ सय ७१ रुपैयाँ ८६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १ सय ५४ रुपैयाँ १७ पैसा र बिक्रीदर १ सय ५४ रुपैयाँ ८६ पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ८७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ११ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले जनाए अनुसार यसिदन सिंगापुर डलर १ को खरिददर १०१ रुपैयाँ १८ पैसा बिक्रीदर १०१ रुपैयाँ ६३ पैसा रहेको छ ।

मुद्राको भाउ अन्तराष्ट्रिय अर्थतन्त्र, व्यापार, विभिन्न घटनाक्रम, उत्पादन र ति वस्तुको आयात निर्यात लगायतका विभिन्न कारणहरूबाट प्रभावित हुने गर्दछ

आजको मूल्यसूचीः