प्रि ओपन सेसन : नेप्सेमा १६.०४ अंककाे बृद्धि

-



     सफल आवाज    
     श्रावण २९ गते २०८१ मा प्रकाशित



काठमाडौं, २९ साउन । साताकाे सेयर काराेबार हुने तेश्राे दिन मंगलबार नेपाली सेयर बजारकाे प्रि ओपन सेसन यसअघिका दिनहरुकाे जस्तै सकारात्कम देखिएकाे छ । यस सेसनमा नेप्से परिसूचक १६.०४ अंकले बढेको छ।

नेप्सेमा अघिल्लो कारोबार दिन सोमबार नेप्से परिसूचक ७०.८१ अंक बढेर २९३१.६५ विन्दुमा उक्लिएकाे थियाे । नेप्से आजको प्रि ओपन सेसनमा १६.०४ अंक बढेर २९४७.७० विन्दुमा चढेकाे छ। सेन्सेटिभ इण्डेक्स ३.३९ अंकले बढेको छ।

यस सेसनमा ११७ वटा कम्पनीकाे सेयर खरिदबिक्री भएकाे छ । ८८ हजार ९७८ कित्ता सेयर खरिदबिक्रीबाट रुपैयाँ ४ करोड १२ लाख ५२ हजार ३५८ रुपैयाँ ७५ पैसा बराबरको काराेबार भएकाे छ ।

७९ स्टकको सेयरमूल्य बढेको नेप्सेले जनाएकाे छ । २१ वटाको सेयरमूल्य घटेको छ भने बाँकी १७ वटाकाे सेयरमूल्य स्थिर रहेको नेप्सेले जनाएकाे ।