छिमेक लघुवित्तकाे नाफामा सामान्य गिरावट, इपीएस कति ?

-



     सफल आवाज    
     श्रावण ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० साउन । छिमेक लघुवित्त वित्तीय संस्थाको नाफा सामान्य घटेकाे छ । संस्थाको सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे विवरण अनुसार लघुवित्तको नाफा घटेको हाे ।

संस्थाकाे खुद नाफा ५.७४ प्रतिशतले घटेकाे छ । यसरी घटेर रूपैयाँ १ अर्ब ९ लाख ४८ हजार रहेकाे छ । अघिल्लो वर्ष साेहि अधिमा साे नाफा रूपैयाँ १ अर्ब ६ करोड १९ लाख २६ हजार थियाे ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफामा गिरावट हुनु र इम्पेयरमेन्ट चार्ज बढेकोले खुद नाफामा असर भएकाे हाे । खुद ब्याज आम्दानी १.१४ पतिशतले घटेर २ अर्ब ८२ करोड ९ लाख २६ हजारमा रहेकाे छ ।

सञ्चालन नाफा ९.०९ प्रतिशतले घटेर १ अर्ब ४० करेड १७ लाख ६४ हजार रुपैयाँ कायम भएकाे छ । संस्थाको इम्पेयरमेन्ट चार्ज २१.०१ प्रतिशतले बढेर रूपैयाँ ४१ करोड १४ लाख २३ हजार रहेकाे छ । 

लघुवित्तकाे चुक्ता पुँजी रूपैयाँ २ अर्ब ९७ करोड ७१ लाख ७२ हजार रहेकाे छ । प्रतिसेयर आम्दानी घटेकाे छ । यसरी ३ रुपैयाँ ८३ पैसा घटेर ३३ रुपैयाँ ६२ पैसा कायम भएकाे छ ।

नेटवर्थ २४९ रुपैयाँ १५ पैसा रहेकाे छ । वितरणयोग्य नाफा १८.३३ प्रतिशतले बढेकाे छ । जाे बढेर रूपैयाँ १ अर्ब ७१ करोड ५९ लाख १५ हजार रहेकाे छ ।