अपि पावरकाे नाफामा छलाङ, विद्युत बिक्री आम्दानी १ अर्ब २४ करोड

-



     सफल आवाज    
     श्रावण ३० गते २०८१ मा प्रकाशित



काठमाडाैं, ३० साउन । अपि पावर कम्पनीले नाफामा छलाङ मारेकाे छ । कम्पनीकाे गत आर्थिक वर्षको असारसम्ममा कम्पनीले विद्युत बिक्रीबाट रूपैयाँ १ अर्ब २४ करोड आम्दानी गरेको छ ।

यो आम्दानी अघिल्लो आर्थिक वर्षको सोही अवधिकोभन्दा १७९.५८ प्रतिशतले धेरै हाे । अघिल्लो आर्थिक वर्षमा याे आम्दानी रुपैयाँ ३३ करोड ८३ लाखमा सिमित थियाे ।

अपि पावर कम्पनीकाे विद्युत बिक्री आम्दानी बढेपछि खुद नाफामा पनि उच्च बृद्धि भएकाे हाे । खुद नाफा ९३२.११ प्रतिशतले बढेर रुपैयाँ ४५ करोड ६५ लाख रहेकाे छ। याे नाफा अघिल्लो आर्थिक वर्षमा रुपैयाँ ४ करोड ४२ लाख थियाे ।

कुल नाफा २११.६० प्रतिशतले बढेको छ । सञ्चालन मुनाफा २९९.२४ प्रतिशतले र वित्तीय खर्च १३७.३३ प्रतिशतले बढेको छ।

अपि पावरको प्रतिसेयर आम्दानी ६ रुपेयाँ ८२ पैसा बढेर ७ रुपैयाँ ८९ पैसा भएकाे छ। प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ७३ पैसा रहेको छ । मूल्य आम्दानी रेसियाे २४.२१ गुणा छ।

कम्पनीकाे चुक्ता पूँजी रुपैयाँ ५ अर्ब ७८ करोड ६५ लाख रहेकाे छ । अन्य इक्विटीमा रुपैयाँ ५६ करोड ३१ लाख रहेको छ।