
काठमाडौं, ३० साउन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाकाे नाफामा ३३१.९१ प्रतिशतले बृद्धि भएकाे छ । संस्थाकाे सार्वजनिक भएकाे गत आर्थिक वर्षको चौथो त्रैमाससम्मकाे विवरण अनुसार साे नाफा देखिएकाे हाे ।
लघुवित्तका प्रमुख सूचकहरुमा आकर्षक वृद्धि देखिएकाे छ । खुद नाफा ३३१.९१ प्रतिशतले बढेर रूपैयाँ ५८ करोड १६ लाख ५२ हजार रहेकाे छ । यस्ताे नाफा अघिल्लाे वर्ष साेहि अवधिमा रूपैयाँ १३ करोड ४६ लाख ७१ हजार थियाे ।
लघुवित्तकाे खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । इम्पेयरमेन्ट चार्ज रिभर्स भएकोले खुद नाफामा बृद्धि भएकाे हाे ।खुद ब्याज आम्दानी २४.०६ प्रतिशतले बढेकाे छ भने याे रूपैयाँ १ अर्ब ४७ करोड १ लाख ११ हजार भएकाे छ । सञ्चालन नाफा २४१.५९ प्रतिशतले बढेर रूपैयाँ ९२ करोड ७६ लाख ४६ हजार रहेकाे छ ।
रूपैयाँ ९ करोड ८७ लाख १३ हजार इम्पेयरमेन्ट चार्ज रिभर्स भएको छ । चुक्ता पुँजी रूपैयाँ १ अर्ब ७० करोड ६१ लाख ९६ हजार रहेकाे छ । वितरणयोग्य नाफा रूपैया ४० करोड ९४ लाख १५ हजार रुपैयाँ छ । यसकाे प्रतिसेयर आम्दानी ३४ रुपैयाँ ०९ पैसा छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




