बुधबार सुनचाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     श्रावण ३० गते २०८१ मा प्रकाशित



काठमाडौं, ३० साउन । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले छापावाल सुनमा रुपैयाँ ३ सय तथा चाँदीमा रुपैयाँ ५ ले गिरावट भएको जनाएको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले घटेर तोलाको १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ५० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।