काठमाडौं, ३१ साउन । सेयर बजारको अन्तिम कारोबार हुने दिन बिहिबार नेपाली सेयर बजारमा अर्को नयाँ रकेर्ड कायम भएको छ । आज नेप्से परिसूचक ३ हजार विन्दुमा उक्लेकाे छ । नेप्सेमा देखिएको उकालोको दृश्यले लगानीकर्ताहरुलाई हौसला थपेको छ । यदाकदाका करेक्सन बाहेकका दिनहरुमा नेप्सेको अधिक हरियाली वातावरणले लगानीकर्ताको मनोवल उच्च बनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ४३.०५ अंकले बढेर ३,०००.८१ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.४५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १६.०१ अंकले बढेर ५३५.५१ विन्दुमा पुगेको छ ।
१३ उपसमूहहरुमध्ये ५ वटामा मात्रै रातो लागेको छ । बाँकी रहेका ८ वटामा भने हरियो लागेको छ । यसदिन कुल ३३४ कम्पनीहरुको सेयर कारोबार भएको छ ।
उनीहरुको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयरको खरिदबिक्रीबाट २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँ ९५ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमालयन रिइन्स्योरेन्सको कारोबार भएको छ । कम्पनीको ९१ करोड ३३ लाख २२ हजार २३९ रुपैयाँ ६० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै बुटवल पावर कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




