एसियन लाइफकाे ५ लाख ३० हजार कित्ता संस्थापक सेयरकाे बिक्री खुला

-



     सफल आवाज    
     श्रावण ३२ गते २०८१ मा प्रकाशित



काठमाडौं, ३२ साउन । एसियन लाइफ इन्स्याेरेन्स कम्पनीले आजबाट ५ लाख ३० हजार कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्रीमा ल्याएकाे छ । यसमा भदौ ११ गतेसम्म आवेदन दिन पाइने भएकाे छ । 

संस्थापक सेयर लिलामीमा सरिक हुन चाहने इच्छुक लगानीकर्ता वा व्यक्ति र संघ-संस्थाले यसका लागि बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता मूल्य घटीमा २७५ रुपैयाँ रहेकाे छ ।

सेयर लगानीकर्ता ताेकिएकाे साेहि मूल्यकाे आधारमा लिलाम बढाबढमा सहभागी हुन सक्नेछन् । तर यसका लागि आवेदकले घटीमा २ लाखदेखि बढीमा सबै कित्ताका लागि आवेदन दिन पाउनेछन् ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबी क्यापिटल रहेकाे छ । नक्साल, काठमाडौंमा रहेकाे कार्यालयमा आवेदन दिन सकिनेछ ।